You are currently viewing काबुलको सैन्य विमानस्थलमा ठूलो विस्फोट, १० जनाको मृत्यु, धेरै घाइते

काबुलको सैन्य विमानस्थलमा ठूलो विस्फोट, १० जनाको मृत्यु, धेरै घाइते

नेभा, १८ पौष,

अफगानिस्तानको राजधानी काबुलमा नयाँ वर्ष मनाउने क्रममा आइतबार एउटा ठूलो घटना भएको छ । यहाँको सैनिक विमानस्थलमा भीषण विस्फोट भएको छ, जसमा १० जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै मिडिया रिपोर्टमा यो जानकारी दिइएको हो ।

तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले सैन्य विमानस्थलको मुख्य गेट नजिकै विष्फोट भएको बताए । यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

प्राप्त जानकारीका अनुसार तखारका तालिवान सुरक्षा कमाण्डर अब्दुल मुबीन साफीले स्थानीय प्रशासनिक कर्मचारीको डेस्कमुनि बम राखिएको बताए । पछिल्ला महिनाहरूमा यहाँ विस्फोटका घटना बढ्दै गएका छन् ।

अफगानिस्तानमा बुधबार पनि विस्फोट भएको थियो । उत्तरी तखार प्रान्तको राजधानी तालुगान सहरमा भएको विष्फोटमा परी चार जना घाइते भएका थिए ।

Leave a Reply