वीरगंज महानगरपालिकाले कक्षा ९ र ११ का छात्रवृत्तिको लागि छनौट भएका विद्यार्थीहरुको लागि छात्रवृत्ति पत्र वितरण गर्ने सूचना जारी गरेको छ ।
छात्रवृत्तिको सहयोगले कक्षा ११ मा अध्ययन गर्नको लागि हरीखेतानमा २९ जना, बि.पि.सि. मा ५५ जना, नेशनल इन्फोटेकमा ४३ जना, ओम नेशनलमा १० जना, एन्जल इन्टरनेशनलमा ५ जना, शिद्धार्थ नेशनलमा ५ जना, मेरी गोल्डमा ८ जना, हिमालय पिरामिडमा ५ जना, नेशनल एकेडमीमा ३ जना, कंचनजंघा स्कूलमा ५ जना, वि.पि.इ.से. मा १२ जना, ग्लोबल बिजनेस स्कूलमा १५ जना, अल्पाइन स्कूलमा ९ जना, ज्ञान निकेतनमा ३ जना, ओसिस मा.वि. मा ६ जना र वीरगंज स्कूलमा १० जना गरी कुल २२३ जना विद्यार्थीहरुलाई छनौट गरीएको छ ।
वीरगंज महानगरपालिकाको ७ गते प्रकाशित सूचना अनुसार कक्षा ९ का १०८ जना र कक्षा ११ का २२३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति पत्र वितरण गर्ने सूचना जारी गरीएको छ ।
छात्रवृत्तिको लागि छनौट भएका विद्यार्थीहरुलाई पत्र वितरण गर्ने कार्यक्रम पौष २० गते बुधवार आदर्शनगर स्थित वीरगंज टाउन हलमा दिउँसो ३ बजे नगर प्रमुखले गर्ने कार्यक्रम तय गरिएकोले सम्बन्धित विद्यालयका प्रधानाध्यापकले छनौट भएका विद्यार्थीहरुलाई उपस्थित गराउने सूचना महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अरविन्द लाल कर्णले जारी गरेका हुन् ।