अफगानिस्तानमा तालिवानको एउटा निर्णयले फेरि एकपटक विश्वलाई स्तब्ध बनाएको छ । तालिबानले केटीहरूको लागि उच्च शिक्षाका सबै बाटो बन्द गरेको छ ।
वास्तवमा, तालिबानले मंगलबार नयाँ आदेश जारी गरेको छ, जसमा युनिभर्सिटीहरूमा केटीहरूको शिक्षा बन्द गरिएको छ । यो निर्णय तत्काल लागू भईरहेको छ । अफगानिस्तानका निजी र सार्वजनिक विश्वविद्यालयहरूमा महिलाहरूको प्रवेश तत्काल प्रभावका साथ र अर्को सूचना नभएसम्म प्रतिबन्ध लगाइएको छ । तालिवान सरकारका प्रवक्ताले मंगलबार यो जानकारी दिएका हुन् । तालिवान सरकारको बैठकपछि यो निर्णय घोषणा गरिएको हो ।
उच्च शिक्षा मन्त्रालयका प्रवक्ता जियाउल्लाह हासमीले साझा गरेको पत्रमा निजी र सरकारी विश्वविद्यालयहरूलाई जतिसक्दो चाँडो प्रतिबन्ध लागू गर्न र प्रतिबन्ध लगाएपछि मन्त्रालयलाई जानकारी गराउन भनिएको छ । रिपोर्टका अनुसार केही महिना अघि मात्र अफगानिस्तानका हजारौं केटी र महिलाले विश्वविद्यालयमा पढ्नको लागि प्रवेश परीक्षा दिएका थिए । छिट्टै भर्ना हुनेमा केटीहरु आशावादी थिए तर यो नयाँ व्यवस्थाले उनीहरुको सपना चकनाचुर भएको छ । यी युनिभर्सिटीहरू केटी र महिलाका लागि थप खुल्ने वा नखुल्ने भन्नेबारेमा अझै स्पष्ट जानकारी दिइएको छैन ।