अफ्रिकी देश तान्जानियामा आइतबार एउटा ठूलो दुर्घटना भएको छ । यहाँको भिक्टोरिया तालमा यात्रुवाहक विमान दुर्घटना भएको छ । उद्धार टोलीले हालसम्म २० जनाभन्दा बढीको उद्धार गरेको छ । तर, यो विमानमा कति यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन । मिडिया रिपोर्टका अनुसार यो विमान प्रेसिजन एयरलाइन्सको घरेलु विमान थियो ।
प्रेसिजन एयरलाइन्सको आन्तरिक विमान बुकोबामा अवतरण गर्न लाग्दा पाइलटले नियन्त्रण गुमाएपछि विमान विमानस्थल नजिकैको पोखरीमा खसेको स्थानीय प्रशासनले जनाएको छ । यो घटना सार्वजनिक भएपछि प्रशासनले उद्धार कार्य सुरु गरेको थियो । हाल कुनै हताहतीको खबर छैन ।
प्रशासनका अनुसार स्थिति नियन्त्रणमा छ, सुरक्षा टोलीले मानिसलाई उद्धार गर्न कडा मेहनत गरिरहेको छ । यसैबीच, तान्जानियाको सबैभन्दा ठूलो निजी एयरलाइन्स प्रेसिजन एयरले दुर्घटनाको पुष्टि गर्दै संक्षिप्त विज्ञप्ति जारी गरेको छ । एयरलाइन्सले भन्यो, ‘उद्धार टोली घटनास्थलमा पठाइएको छ ।