You are currently viewing अफगानिस्तानमा फेरि बम विस्फोट, एक तालिबान सदस्य मारिए र ६ घाइते

अफगानिस्तानमा फेरि बम विस्फोट, एक तालिबान सदस्य मारिए र ६ घाइते

नेभा, ३१ जेष्ठ,

अफगानिस्तानको कुनारमा भएको विष्फोटमा तालिवानका एक सदस्यको मृत्यु भएको छ । विष्फोटमा एक सर्वसाधारणसहित ६ जना घाइते भएका छन् ।

टोलो न्यूजले स्थानीय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भन्यो कि आइतबार कुनारको केन्द्र असदाबाद शहरमा तालिवान सुरक्षा बलहरूको गाडीमा राखिएको बारुदी सुरंग विस्फोट हुँदा विस्फोट भएको थियो ।

स्थानीय सञ्चारमाध्यम टोलो न्युजको ट्विट रिपोर्ट का अनुशार ‘कुनारको केन्द्र असदाबादमा आजको विष्फोटमा इस्लामिक इमिरेट्स फोर्सका एक सदस्यको मृत्यु भएको छ र एक नागरिक सहित ६ जना घाइते भएका छन् । उक्त सुरंग इस्लामिक इमिरेट्सको गाडीमा राखिएको थियो ।’ प्रत्यक्षदर्शीहरूले धेरै सर्वसाधारणलाई क्षति पुगेको बताए ।

यसअघि बिहीबार अफगानिस्तानको स्पिन बोल्दाक जिल्लामा भएको विस्फोटमा पाँच तालिबानी सदस्य र एक सर्वसाधारणको मृत्यु भएको थियो । स्थानीय सञ्चारमाध्यमले कान्दाहारको स्पिन बोल्दाक जिल्लामा सडक छेउमा भएको बम विष्फोटमा पाँच तालिबान सदस्य र एक सर्वसाधारणको मृत्यु भएको जानकारी दिएका छन् । सोही क्रममा सो समूहका अर्का एक सदस्य घाइते भएका छन् । बिहीबार असार ९ गते बिहान करिब ८ बजे विष्फोट भएको हो ।

Leave a Reply