You are currently viewing राखी सावन्तलाई छोडेर किन भागे उनका श्रीमान, बिवाह टुटेपछि अभिनेत्रीले बताइन् यी कुराहरु

राखी सावन्तलाई छोडेर किन भागे उनका श्रीमान, बिवाह टुटेपछि अभिनेत्रीले बताइन् यी कुराहरु

नेभा, ३ फाल्गुण,

राखी सावन्तलाई ‘ड्रामा क्वीन’ भनिन्छ र उनी प्रायः आफ्नो विवाह र श्रीमानलाई लिएर चर्चामा रहन्छिन् । उनले रितेश नामका व्यक्तिसँग विवाह गरेकी थिइन् तर अहिले उनीहरुको विवाह टुटेको छ । रितेशले उनलाई अचानक छोडेर भागेको राखी आफैले बताएकी छिन् । राखीले आफ्नो वैवाहिक सम्बन्ध टुटेकोमा दुःख व्यक्त गर्दै सम्बन्धका केही कुरा पनि बताएकी छिन् ।

टाइम्स अफ इन्डियासँगको कुराकानीमा राखीले भनिन्, ‘उनी रितेश मलाई छोडेर गए । म उसलाई धेरै माया गर्थे तर उसले मलाई छोडेर गयो । बिग बोस पछि हामी मुम्बईको मेरो घरमा सँगै बसेका थियौं तर एक दिन अचानक रितेशले सामानहरू प्याक गरे र छोडे ।

यसै क्रममा राखीले यो पनि बताइन् कि रितेशले आफ्नी पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरेका कारण केही कानुनी समस्यामा फसेको छ । त्यही भएर ऊ मसँग बस्न चाहँदैनथ्यो । यस क्रममा रितेशलाई व्यापार घाटा पनि परेको छ, जसका कारण उनी निराश छन् ।

राखीले आफ्ना फ्यान र शुभचिन्तकहरूका लागि एक पोस्ट पनि सेयर गरेकी छिन् । राखीले लेखेकी छिन्, रितेश र मैले अलग हुने निर्णय गरेका छौं । बिग बोसबाट बाहिरिएपछि मसँग धेरै कुराहरू भएका छन् र यो मेरो नियन्त्रण बाहिर छ । हामीले धेरै प्रयास गर्‍यौं तर सफल हुन सकेनौं । त्यसैले अब हामी छुट्टै बसेर जीवनको आनन्द लिनेछौं ।

Leave a Reply