You are currently viewing रवि तेजाको फिल्म ‘खिलाडी’ को हिन्दी ट्रेलर सार्वजनिक

रवि तेजाको फिल्म ‘खिलाडी’ को हिन्दी ट्रेलर सार्वजनिक

नेभा, २५ माघ,

साउथका सुपरस्टार रवि तेजाको बहुप्रतिक्षित एक्सन इन्टरटेनर फिल्म ‘खिलाडी’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलर हेर्दा यो फिल्ममा एक्सनसँगै कमेडी र रोमान्सको पनि छटपटी रहेको देखिन्छ । यो फिल्म फेब्रुअरी ११ मा हलमा रिलिज हुने तयारीमा छ ।

यो फिल्मको ट्रेलरमा रवि तेजाको जबरदस्त कमिक टाइमिङ देख्न सकिन्छ । पेन स्टुडियोले ए स्टुडियोको सहकार्यमा निर्माण गरेको यस चलचित्रमा रवि तेजा रोमान्टिक शैलीमा देखिनेछन् ।

फिल्ममा मिनाक्षी चौधरी र डिम्पल हयातीको पनि मुख्य भूमिका छ । यसका अलावा कन्नड फिल्मका कलाकार अर्जुन सर्जा र अनसूया भारद्वाज पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

Leave a Reply