आजकल खराब जीवनशैली र गलत खानपानका कारण धेरैजसो मानिस मधुमेह बाहेक अन्य रोगबाट ग्रसित भइरहेका छन् ।
शरीर फुटेर प्यूरिन नामक पदार्थ बनाउँदा युरिक एसिडको निर्माण हुन्छ । जब शरीरमा यसको मात्रा सामान्य स्तरभन्दा बढी हुन्छ, तब स्वास्थ्यका लागि धेरै हिसाबले हानिकारक हुन्छ । यस्तो अवस्थामा युरिक एसिडका बिरामीले औषधिबाहेक केही घरेलु उपाय अपनाएर पनि यसको मात्रा घटाउन सक्छन् । जानौं ती घरेलु उपायहरू के-के हुन् ।
कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यदि तपाईको युरिक एसिड उच्च छ भने तपाईले कागती पानीको सेवन गर्न सक्नुहुन्छ । कागतीमा साइट्रिक एसिड पाइन्छ जसले युरिक एसिड घटाउन मद्दत गर्छ । यसका अलावा सुन्तला, मौसमी जस्ता सिट्रस फलफूल पनि खान सक्नुहुन्छ ।
यदि तपाई युरिक एसिड बढेको नियन्त्रण गर्न चाहनुहुन्छ भने अजवाइन खानु राम्रो हुन्छ । यसका लागि पहिले थोरै अजवाइन चपाएर खानुहोस्, त्यसपछि पानी पिउनुहोस् । यसो गर्दा तपाईले प्रभाव देख्नुहुनेछ ।
बढेको युरिक एसिडलाई नियन्त्रण गर्न काँचो प्याजको सेवन गर्नु पनि राम्रो हुन्छ । तपाईं यसलाई सलाद रूपमा प्रयोग गर्न सक्नुहुन्छ । यसका साथै खाली पेटमा प्याजको रस पनि पिउन सकिन्छ ।