You are currently viewing आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ २५ फेब्रुअरीमा रिलिज हुँदैछ

आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ २५ फेब्रुअरीमा रिलिज हुँदैछ

नेभा, १४ माघ,

आलिया भट्ट अभिनित फिल्म निर्माता सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’ यस वर्षको फेब्रुअरी २२ मा रिलिज हुँदैछ । निर्माण पक्षले औपचारिक रुपमा फिल्मको रिलिज मिति घोषणा गरेको छ ।

यसअघि यो फिल्म ६ जनवरीमा रिलिज हुने थियो । तर यही क्रममा निर्माता एसएस राजामौलीको बहुप्रतिक्षित पिरियड ड्रामा ‘आरआरआर’ रिलिज हुन लागेको थियो । जसका कारण ‘गंगुबाई काठियावाडी’ फेब्रुअरी १८ मा रिलिज गर्ने निर्णय भएको छ । तर, कोरोनाको तेस्रो लहरलाई ध्यानमा राख्दै सावधानीका रुपमा यो फिल्मको रिलिजमा सस्पेन्स कायमै छ ।

तर फिल्म अर्को महिना हलमा रिलिज हुने निर्माण पक्षले पुष्टि गरेको छ ।

सञ्जय लीला भन्साली द्वारा निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ मा आलियाले अभिनेता अजय देवगनको अपोजिटमा महत्वपूर्ण भूमिका निभाएकी छिन् । भंसाली र देवगनले २२ वर्षपछि सन् १९९९ को ब्लकबस्टर ‘हम दिल दे चुके सनम’ मा सँगै काम गरेका थिए ।

Leave a Reply