You are currently viewing बीएमसीद्वारा वार्षिक उत्सवको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम

बीएमसीद्वारा वार्षिक उत्सवको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम

बीरगंज, १२ कार्तिक,

बीरगंज मेघा कलेज (बीएमसी)ले आफ्नो स्थापनाको प्रथम वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा कक्षा ११ का नव आगन्तुक छात्रछात्राहरुलाई स्वागत गर्नुका साथै कक्षा १२ मा अध्ययनरत विभिन्न क्षेत्रमा उत्कृष्ट गरेका विद्यार्थीहरुलाई बीरगंज नगरसभा गृहमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष शम्भु प्रसाद गुप्ताले सम्पूर्ण नेपालीहरुको महान पर्व दिपावली तथा छठको शुभकामना दिनुका साथै अध्ययनरत विद्यार्थीहरुको लक्ष्य प्राप्तीका लागि उत्प्रेरणा दिएका थिए भने प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले विद्यार्थीहरुलाई असल र काबिल बनेर समाज तथा देशको सेवा गर्न ठूलो अवसर रहेको र त्यसलाई उपयोग गर्न सुझाव दिएका थिए ।

त्यसैगरी विशिष्ठ अतिथि ठाकुरराम बहुमुखि क्याम्पसका प्रमुख डा. उमेश प्रसाद चौरसियाले आफ्नै देशमा राम्रो वातावरण बनाउन सके शिक्षित व्यक्तिहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने तथा देशले विकासको काममा गति लिन सक्ने बताउनु भएको थियो ।

सुरजी देवी मावी का प्रध्यानाध्यापक नविन मिश्रा, ठाराव तथा ममता इङ्गलिश बोर्डिङ्ग स्कूलका शिक्षक रुदल ठाकुर, जीवन ज्योती मावी स्कूलका निखिल गुप्ता, बीएमसीका प्रिन्सिपल दिपेन्द्र प्रसाद कानु, कोर्डिनेटर मुस्तुफा अंसारी, प्रकाश यादव, गुड्डु रौनियार, विश्वास प्रताप शाह, सम्झना काफ्ले, मेनुका ठाकुर, पल्लवी हरलालका, अधिवक्ता शुनिल यादव, अधिवक्ता धन थापा तथा कलेजका शिक्षकशिक्षिकाहरु लगायत अभिभावकहरुको पनि उल्लेखनिय उपस्थिति थियो ।
सो कार्यक्रममा कलेजका विद्यार्थीहरुले सांस्कृतिक तथा मनोरंजनात्मक नृत्यहरु प्रश्तुत गरेका थिए भने उपस्थित वक्ताहरुले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रमबारे बीएमसीका प्रिन्सिपल दिपेन्द्र प्रसाद कानुले प्रकाश पारेका थिए । स्वागत मनतव्य छात्रा नेहा शर्माले गरेकी थिइन भने कार्यक्रम संचालन कक्षा १२ मा अध्ययनरत विद्यार्थी रितिक रोशन सिंह, करुना पटेल तथा अंजली कर्णले गरेका थिए ।

Leave a Reply