You are currently viewing बीरगञ्जको होटलमा क्वारेन्टीन बस्नेको यस्तो छ पिडा

बीरगञ्जको होटलमा क्वारेन्टीन बस्नेको यस्तो छ पिडा

बीरगञ्ज, जेठ २८,

देशव्यापि कोरोना संक्रमितहरुको संख्या बढिरहँदा र उनीहरुमाथि मात्रै सबैको ध्यान केन्द्रीत हुन पुग्दा क्वारेन्टिनमा बस्ने संकास्पदहरुको उचित व्यवस्थापन हुन नसकेकोले स्थानिय सरकार तथा जिल्लास्तरिय कोरोना व्यवस्थापन समितीको चौतर्फि आलोचना भइरहेको छ ।

बीरगञ्जको सन्दर्भमा भन्नुपर्दा पर्सा जिल्ला कै सदरमुकाम र नेपालको मुख्य प्रवेशद्वार भएकोले यो शहर उच्च जोखिममा रहेको छ । दिनदिनै संक्रमितहरुको संख्या उच्चवृद्धि भई २ लाख ७० हजार भन्दा बढी संक्रमितसँगै भारत विश्वमा छैठौ स्थानमा पुगेको छ । भारतमा लकडाउन खुकुलो भएदेखि त्यहाँ विभिन्न कारणवश बसेका नेपालीहरु दिनदिनै बीरगञ्जकै सुलभ बाटो भई प्रवेश गर्नेको संख्यामा वृद्धि भएकाले व्यवस्थापन गर्न थप चुनौतिपूर्ण बन्दै गएको छ ।

भारतको उत्तरप्रदेश राज्यको बनारसमा आफन्तको मृत्युमा शोक गर्न ससुराली पुगेका बीरगञ्जका ५३ बर्षिय पुरुष आफ्नी श्रीमतीसँग करिब अढाइ महिना देखि उतै फसेका थिए । भारतमा लकडाउन खुकुलो भएपछि जेठको २३ गते शुक्रबार बीरगञ्ज फर्के र शायद श्रीमती भएकै हुनाले नियामानुसार क्वारेन्टिन बस्नका लागि उनले आदर्शनगर स्थित होटल कन्ट्री इनलाई रोजे । उनको अनुसार तुलनात्मकरुपले स्कूल वा कलेजको बसाइ भन्दा सरसफाइ तथा खानामा व्यवस्था राम्रै भएपनि छिट्टै चेकजाँच गराई घर जान पाए राम्रो हुन्थ्यो भन्ने उनको चाहना चकनाचुर भएको छ ।

करिब ७ दिन देखि कुनै पनि स्वास्थ्यकर्मी चेकजाँच गर्न नआएको र कोठामा बसेर आफ्नो अमूल्य समय व्यर्थ गइरहेकोले पेशाले अडिटर रहेका जयन्त चौरसियाको गुनासो छ । हामीले काम गरेर सरकारलाई राजस्व संकलनमा मद्दत पुग्छ र हाम्रो समय यसरी चार दिवारीमा व्यर्थ गइरहेकोले चिन्ता पनि लागेको कुरा एक छोरी र एक छोराका पिता चौरसियाले पपुलरसिसलाई फोनमा बताउनुभयो । कमाउने व्यक्ति नै धेरै समय देखि बाहिर रहेको र गृहनगर आइपुगे पनि घरसम्म नपुगी कैद गरिएर राखेको जस्तो अवस्थामा भएकोले आर्थिकरुपले कमजोर भएकाले  भोलिको दिनमा कोसँग सहयता माग्न जाने भनी थप चिन्ता पोखे ।

९–१० दिन पहिला देखि बस्दै आएका २२ जनाको सोमबार मात्र स्वाब संकलन गरिएको छ र आफूहरुको स्वाब कहिले संकलन गरिनेहो र त्यसको परिणाम कहिले आउने हो र कहिले घरतर्फ जाने अनुमति पाइने हो भनी एकएक पल गनेर बसेका छन् ।

आफ्नो र परिवारको सम्पूर्ण विवरण दिएका चौरसियाले होटल भन्दा राम्रो र सुरक्षित वातावरणमा राम्ररी रेखदेख घरमै मात्र सम्भव भएको र आवश्यक परेको जुनसुकै बेला उपस्थित हुने भनेर विनम्र विन्ति गर्दा पनि स्थानिय प्रशासनले उनको केही नसुनेको उनी दुखेसो पोख्छन् ।
स्थानिय बीरगंजवासी भएकोले लुकिछिपी आउने प्रशस्त मार्ग थाहा भएपनि आफूले एक जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्दै स्थानिय प्रशासनको सहयोग गरेको तर त्यसको बदुलामा मैले कसैसँग सहयोग नपाएको उनले पपुलरसिसलाई भने ।

‘यहाँ होटलमा दैनिक एसीकोठाको रु.१ हजार पाँच सय र नन एसीको रु. ८ सय र त्यसको साथै एक छाक खानाको रु. २ सय रहेको सुनेको छुँ तर १५–२० दिन बसाइको कम्तिमा अन्दाजी रु. ४०–४५ हजार कसले तिर्ने भन्ने कुराले थप चिन्ता पनि लागेको छ ।’ चौरसियाले थपे । यसरी स्थानिय व्यक्तिहरुलाई आर्थिक र मानसिक पिडा दिएर राख्नु भन्दा सहमति मै घरमै सेल्फ क्वारेनटिन बस्न दिएपनि राम्रै हुन्थ्यो । कि त छिट्टै चेकजाँच गरेर २–३ दिनमै घर पठाउने व्यवस्था मिलाइदिनु पर्यो ।

हाल पर्सा जिल्लामा क्वारेनटिन सेन्टरको संख्या ३५ तथा बेड संख्या क्षमता १४२८ रहेको छ । सरकारको तैयारी हेरेर दिक्कवाक्क मानेका नेपालमा भारत लगायत अन्य मूलुकबाट आएका यस्ता हजारौ चौरसियाहरु छन् तर उनीहरुको कुरो सुन्ने, बुझ्ने फुर्सद कोहिसँग छैन ।

Leave a Reply