You are currently viewing कोरोना भाइरसको आयु ??

कोरोना भाइरसको आयु ??

बीरगंज, चैत्र १३,

कोभिड–१९ अर्थात् कोरोना भाइरस सतहमा पाँच दिनसम्म जीवित रहने देखिएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने एक अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडा, प्लेट, मग, कचौरा, गमलालगायत माटोका सामग्री तथा सिसाका गिलास, बोत्तल, कचौरा र मगमा यो भाइरस पाँच दिनसम्म जीवित रहन्छ ।

साथै कोरोना भाइरस काठबाट बनेका फर्निचर, सजावटका सामग्रीमा चार दिनसम्म जीवित रहन्छ । प्लास्टिकका सामान जस्तै बसका सिट, झोला, बोत्तल तथा रेफ्रिजिरेटर, भाँडा, किचन बेसिनलगायतका सामानमा दुईदेखि तीन दिनसम्म कोरोनाको सङ्क्रमण जीवित रहने देखिएको हो ।

यस्तै कार्डबोर्डमा २४ घण्टा, तामाका भाँडा, पूजा सामान, पानी खाने जग लगायतमा चार घण्टा, आल्मुनियमका झ्याल ढोका, भाँडा, बोत्तलमा दुईदेखि आठ घण्टा, कागजमा केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् । त्यस्तै अन्य केही वस्तुमा पाँच दिनसम्म भाइरसको सङ्क्रमण जीवित रहने देखिएको वेभएमडीले जनाएको छ ।

कोरोना भाइरस अहिलेसम्म खाना र पानीमा भने पाइएको छैन । तर कुनै पनि फलफुल खानुअघि वा तरकारी पकाउनुअघि राम्रोसँग पखाल्न अध्ययनले सुझाव दिएको छ ।

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यु गर्दा उनीहरुको मुखबाट निस्कने कफ वा ओसिला छिटामा भाइरस हुन्छन् । नजिकै रहेको स्वस्थ्य व्यक्तिले सास फेर्दा ती भाइरसयुक्त छिटा शरीरभित्र पसेर उसलाई पनि भाइरस सर्ने गरेको अध्ययनमा संलग्न अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

सतह वा वस्तु छोएको हातले मुख, नाक वा आँखा छोएमा पनि भाइरसको सङ्क्रमण फैलिने भएकाले राम्ररी साबुन पानीले हात धुन डाक्टरको सुझाव छ । तर कोभिड–१९ नयाँ भएकाले यस बारेमा थप अनुसन्धान हुन बाँकी छ ।

स्रोत: एजेन्सी

Leave a Reply