काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ विष्ट गाँउ घर भई सोहि ठाउँ खहरेमा सोफा पसल गरी बस्ने ३१ वर्षको दिनेश न्यौपानेलाई भारतको उडिशा राज्य केन्द्रवडा घर भई हाल काठमाडौं जिल्लाको महानगरपालिका कमलपोखरी बस्ने ४० वर्षको कलाकार दासले नक्कली सुनको मुर्ति देखाई ठगी गरेको थिए ।
पक्राउ पर्ने व्यक्तिहरु भारतको उडिशा राज्य केन्द्रवडा घर भई हाल काठमाडौं जिल्लाको महानगरपालिका कमलपोखरी बस्ने ४० वर्षको कलाकार दास, म्याग्दि जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ७ घर भई हाल ललितपुर जिल्ला धोबीघाट बस्ने ६४ वर्षको क्षेत्र बहादुर शाही, धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर २ घर भई काठमाडौं महानगरपालिकाको डल्लु बस्ने ३८ वर्षको दिपक थापा, दाङ घर भई हाल काठमाडौंको लाजिम्पाट बस्ने ३५ वर्षको बसन्त चौधरी र काठमाडौं जिल्लाको महानगरपालिका वडा नम्बर १५ चौमती घर भई बस्ने ५५ वर्षको रविन महर्जन रहेका छन् ।
निजहरुबाट नक्कली सुनको बुद्धको मुर्ति १ थान र नगद रू. १४ लाख रुपैयाँ बरामद भएको कुरा प्रहरीले जनाएको छ ।
नगद रु. ३० लाख ठगी गरेको भन्ने सूचना प्राप्त भए पश्चात तत्काल जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी प्रभाग काडाँघारीको संयुक्त प्रहरी टोलीले काठमाडौंको विभिन्न स्थानहरुबाट निजहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।