बीरगंज महानगरपालिका अन्तर्गत शैक्षिक प्रशासन महाशाखाले सोमवारको दिन एक सूचना प्रकाशित गरी बीरगंज महानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका भवनहरुलाई तैयारी अवस्थामा मिलाउन सबै सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको COVID-19 अर्थात कोरोना भाइरसबाट हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न संकास्पद व्यक्तिहरुलाई जुनसुकै बखत आइसोलेसनमा राखेर उपचार गर्ने समय आउन सक्ने स्थितिलाई मध्येनजर गर्दै पुर्वतैयारीको रुपमा बीरगंज महानगरपालिका भित्रका सबै मा.वि.का भवनहरुलाई ‘हाइ अलर्ट’मा राखिएको हो ।
यसका साथै सबै प्रध्यानाध्यापकहरुलाई सहयोगका लागि तैयारी अवस्थामा रहन सम्पर्कमा बस्न र बाहिर जानुपर्ने भए जानकारी गराएर मात्र जान अनुरोध गरिएको छ ।
फ्रान्सबाट काठमाण्डौं आएकी एक १९ वर्षिय युवतिमा कोरोना भाइरस पुस्टि भएपछि सबैलाई सर्तकता अपनाउन तथा यसलाई फैलिनबाट रोक्न सजग हुन सबैलाई अनुरोध गरिएको छ ।