साल २०६२ फाल्गुन ९ गते झापा जिल्लाको साविक शान्तिनगर गाउँ विकास समिति वडा नम्बर १ हाल बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थितमा जिल्ला झापा साविक धाईजन गाउँ विकास समिति वडा नम्बर २ हाल मेचीनगर नगरपालिका वडा नम्बर ११ बस्ने ५३ वर्षको प्रतिवादी बन काईलो भन्ने नर बहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मे १ त ७३७ नम्बरको ट्याक्टरबाट सोही ट्याक्टरका सहचालक टेकेन्द्र लिम्बुको ताम्लिङ सडक बाटोमा खस्दा निज बन काईलो भन्ने नर बहादुर भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरले टेकेन्द्र लिम्बु ताम्लिङ लाई किच्दा निजको घटनास्थलमा नै मृत्यु भएको थियो ।
निज प्रतिवादी घटनास्थल बाटै फरार रहेको हुँदा निज प्रतिवादीलाई खोजतलास गर्दै जाने क्रममा असार २६ गते निजको घर वतनमा लुकी छिपी बसि रहेको अवस्थामा पक्राउ गरि जिल्ला, अदालत झापाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।