You are currently viewing टिफरले स्कुटरलाई ठक्कर दिंदा महिलाको मृत्यु

टिफरले स्कुटरलाई ठक्कर दिंदा महिलाको मृत्यु

नेभा, मोरङ, १८ असार,

मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ स्थित उर्लाबारी मधुमल्ला सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी वडा नम्बर ६ की २७ वर्षीया सीता बोहोरा रहेकी छिन् ।

हिजो प्रदेश ०३-००१क १०९० नम्बरको टिफरले प्रदेश १-०१-०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक सीता बोहोरा र उनकै ९ वर्षीय छोरा प्रशान्त बोहरा घाईते भएका थिए ।

दुबै घाईतेलाई उपचारको लागी स्थानिय मंगलबारे अस्पताल लगिएकोमा सीता बोहोराको अस्पतताल पुर्‍याउनसाथ मृत्यु भएको हो भने छोरा प्रसान्तलाई थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाईएको छ ।

ठक्कर दिने टिपर र टिपर चालक मोरङ मिक्लाजुङका लाल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय, उर्लाबारीले नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान गरीरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply