असार १६ गते पर्सा जिल्लाको वीरगंज माहानगरपालिका वडा नम्बर १६ शंकरचार्य गेट स्थितमा जिल्ला प्रहरी कार्यालय, पर्सा मातहत प्रहरी चौकी, ईनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले नियमित चेकजाँच गर्ने क्रममा एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने व्यक्ति भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना दरपा पंचायत रामपुर वडा नम्बर ६ को ६० वर्षको श्याम बिहारी साह हुन् । निजलाई लागूऔषध गाँजा सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
कालो प्लाष्टिकको झोला साथमा लिई संकाष्पद रूपमा भारततर्फ जाँदै गरेको हुँदा उक्त व्यक्तिलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा निजले बोकेको कालो प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध गाँजा १ किलो २ सय ५० ग्राम फेला परेको थियो ।
लागूऔषध फेला पर्दा उल्लेखित लागूऔषध सहित निज श्याम बिहारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।