पर्सा जिल्लाको वीरगंज माहानगरपालिका वडा नम्बर १६ ईनर्वा भंसार मेनगेट स्थितमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सिरक्षा गुल्म वीरगंज पर्सा र जिल्ला प्रहरी कार्यालय, पर्साको मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले लागूऔषध गाँजा सहित दुईजना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।
नियमित चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फ जाने यात्रु वाहक अटोमा सवार दुई जना व्यक्तीहरु संकाष्पदरूपमा बसी गईरहेको हुँदा निज व्यक्तिहरूलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा निजहरु मध्येका ईमताज आलमले बोकेको कालो झोला भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागूऔषध गाँजा ५ किलो ७ सय २० ग्राम फेला परेको थियो ।
लागूऔषध गाँजा फेला परेको हुँदा उल्लेखित लागूऔषध सहित पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ को १८ वर्षीय ईमताज आलम र देश भारत पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना भेलाही मुसहरवा वडा नम्बर २ को २२ वर्षको नवरेज आलमलाई नियन्त्रणमा लिइएको हो ।
निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।