असार ३ गते बाँके जिल्लाको जानकी गाँउपालिका वडा नम्बर ३ स्थित होटलमा अनैतिक क्रियाकपाल भईरहेको भन्ने सूचानाको आधारमा प्रहरीले केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले होटल संचालक सहित १५ जना लाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका मध्ये १ जना होटल संचालक लाई जिल्ला प्रशासन कार्यालय, बाँकेबाट म्याद थप गरि कानूनी कारबाही अगाडी बढाईएको छ ।
नियन्त्रणमा लिएको ६ जना महिलालाई आवश्यक परामर्श तथा पुर्नस्थापनाको लागी शक्ति समुह नेपालगंजमा पठाईएको हो ।
नियन्त्रणमा लिएको ८ जना पुरुषहरुलाई सम्झाई बुझाई गरी होटल व्यवसायी तथा सम्बन्धित वडा अध्यक्षको रोहवरमा आफन्तको जिम्मा लगाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।