You are currently viewing कक्षा ५ को विद्यार्थीको संवेदनशिल भागमा पिटने शिक्षक पक्राउ

कक्षा ५ को विद्यार्थीको संवेदनशिल भागमा पिटने शिक्षक पक्राउ

नेभा, कास्की, २२ जेठ,

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित रहेको युनिभर्स ईङ्लिस बोर्डिङ स्कुलको एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त स्कुलको कक्षा ५ मा अध्ययनरत ९ वर्षको बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी बालकको संवेदनशिल भाग पछाडी लठ्ठीले प्रहार गरी घाईते बनाएको हुनाले प्रहरीले उक्त स्कुलको एक शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

जाहेरीको आधारमा जिल्ला कास्की रुपा गाउँपालिका वडा नम्बर ६ खोलाको छेउ बस्ने ३२ वर्षको सुदिप अधिकारीलाई जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले जेठ २० गते पक्राउ गरेको थियो ।

निजलाई नियन्त्रणमा लिई कास्की जिल्ला, अदालतबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा दिन ५ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कुरा जिल्ला, कास्कीको प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जनाएका छन् ।

Leave a Reply