गाजामा युद्धको बिचमा माल्दिभ्सको मुइजु सरकारले ठुलो निर्णय लिएको छ । माल्दिभ्स सरकारले आफ्नो क्षेत्रमा इजरायली नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
गृह सुरक्षा तथा प्रविधि मन्त्री अली इहसानले राष्ट्रपति मोहम्मद मुइजुले मन्त्रिपरिषद् बैठकमा प्रतिबन्ध लागु गर्न आवश्यक कानुनी परिवर्तनहरू पेस गर्ने निर्णय गरेको बताएको छ ।
उक्त निर्णय कार्यान्वयन गर्न विशेष मन्त्रिपरिषद् समिति गठन गरिएको थियो । “राष्ट्रपति डा मोहम्मद मुइजुले मन्त्रिपरिषदको सिफारिसपछि इजरायली पासपोर्टमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्”, माल्दिभ्सको राष्ट्रपतिको कार्यालयले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
“क्याबिनेटको निर्णयमा इजरायली राहदानी धारकहरूलाई माल्दिभ्समा प्रवेश गर्नबाट रोक्न आवश्यक कानुनमा संशोधन र यी प्रयासहरूको निरीक्षण गर्न क्याबिनेट उप-समिति गठन गर्ने समावेश छ”, प्रेस विज्ञप्तीमा भनिएको छ ।”