You are currently viewing अफगानिस्तानमा नमाज पढिरहेका ६ जना व्यक्तिहरुको हत्या

अफगानिस्तानमा नमाज पढिरहेका ६ जना व्यक्तिहरुको हत्या

नेभा, अफगानिस्तान, १८ बैशाख,

अफगानिस्तानमा बन्दुकधारीले ६ जनाको हत्या गरेको छ । उक्त घटनाले आक्रोश निम्त्याएको छ । पश्चिमी अफगानिस्तानमा, एक बन्दुकधारी मस्जिदमा प्रवेश गरी गोली हानेको छ जसले गर्दा उपासकहरू बिच भागदौड भएको थियो ।

तालिबानका एक अधिकारीले मङ्गलबार यो जानकारी दिएका हुन् । स्थानीय मिडिया रिपोर्ट गरेअनुसार अफगानिस्तानका एक पूर्व राष्ट्रपतिले मस्जिदलाई लक्षित गरिएको बताए किनभने यो अल्पसंख्यक शिया समुदायको हो ।

तालिबान शासित आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति हेरात प्रान्तको गुजरा जिल्लामा आक्रमण भएको बताए । घटनाको अनुसन्धान भइरहेको उनले बताए । आक्रमणमा एक जना व्यक्ति पनि घाइते भएका थिए र बन्दुकधारी घटनास्थलबाट भागेका थिए । अहिलेसम्म कुनै पनि सङ्गठनले आक्रमणको जिम्मेवारी लिएको छैन । मृतकमध्ये मस्जिदका इमाम पनि रहेको स्थानीय मिडियाले जनाएको छ ।

Leave a Reply