You are currently viewing एक करोड भन्दा बढीको अबैध सामानहरू सहित ३ वटा ट्रकहरू पर्सा प्रहरीको नियन्त्रणमा

एक करोड भन्दा बढीको अबैध सामानहरू सहित ३ वटा ट्रकहरू पर्सा प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, ७ चैत,

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले एक करोड भन्दा बढीको अबैध सामानहरू सहित तिन वटा ट्रकहरू नियन्त्रणमा लिएको छ ।

चैत ६ गते जिल्ला, पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली स्थित सडकखण्डबाट ना.४ ख ८७४०, ना.३ ख ६०९५ नम्बरको मालवाहक ट्रकहरूमा खाद्यान्न तथा खुद्रा सामानहरू लोड गरी वीरगञ्जबाट काठमाण्डौ र मोरङतर्फ जादै गरेको अवस्थामा अन्दाजी रू.१ करोड ३१ लाख ७१ हजार ३ सय ९ रुपैयाँ बराबरको अबैध सामानहरु नियन्त्रणमा लिइएको थियो ।

चैत ७ गते जिल्ला, पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोक स्थित सडकखण्डबाट ना.८ ख ७२४१ नम्बरको मालवाहक ट्रकमा औषधी लगायतका मालबस्तुहरू लोड गरी वीरगञ्जबाट धनुषा तर्फ जादै ट्रकमा अन्दाजी मूल्य रू. ३१ लाख ६८ हजार ५ सय २० रुपैयाँ बराबरको सामानहरु नियन्त्रणमा लिइएको थियो ।

उल्लेखित स्थानहरूबाट उक्त नम्बरका मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा साथमा रहेको विल विजक संकाष्पद देखिएको तथा विलविजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको उल्लेखित दुवै रकम मिलाएर जम्मा अन्दाजी मूल्य रु. १ करोड ६३ लाख ३९ हजार ८ सय २९ रुपैयाँ बराबरका खाद्यान्न, औषधी, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसहरू नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको अबैध समानहरु आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply