झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मुनाल टोल स्थितबाट मोटरसाईकल चोरीमा संलग्न एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय २५ वर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आईरहरको PULSAR 150 CC को कालो निलो कलरको मे. ८ प १७७० नम्बरको मोटरसाईकल घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट बिर्तामोड नगरपालिका वडा नम्बर ५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गरी लादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय, अनारमनीबाट खटिएको प्रहरी टोलीले फेला पारी मोटरसाईकल सहित पक्राउ गरी निजको सम्बन्धमा थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।