You are currently viewing पेम्बा टापुमा कछुवाको मासु खाएपछि ९ जनाको मृत्यु

पेम्बा टापुमा कछुवाको मासु खाएपछि ९ जनाको मृत्यु

नेभा, २७ फागुन,

अफ्रिकी देश जाञ्जिबार टापुको पेम्बा टापुमा समुद्री कछुवाको मासु खाएपछि ८ बालबालिका र १ महिलाको मृत्यु भएको छ । अहिलेसम्म ७८ जनाहरु बिरामी भइसकेको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि ती सबैलाई अस्पताल लगिएको छ ।

जाञ्जिबारका मानिसहरूले समुद्री कछुवाको मासु धेरै स्वादका साथ खान्छन् । यद्यपि, खाद्य विषाक्तता मृत्युको सामान्य कारण हो । माकोनी जिल्ला चिकित्सा अधिकारी डाक्टर हाजी बक्रीले शुक्रबार राति विषाक्त खाना खाएर एक महिलाको मृत्यु भएको बताए । समुद्री कछुवाको मासु खाएर मर्नेहरूमध्ये महिलाको बच्चा पनि रहेको उनले बताएका छन् ।

घटनापछि पूर्वी अफ्रिकी देश तान्जानियाको अर्ध-स्वायत्त क्षेत्र जाञ्जिबारका अधिकारीहरूले विपद् व्यवस्थापन टोली पठाएका थिए जसले उक्त टापुका मानिसहरूलाई समुद्री कछुवाको मासु नखान आग्रह गरेका छन् । त्यसैगरी, पेम्बामा नोभेम्बर २०२१ मा कछुवाको मासु खाएपछि तिन वर्षीय बालकसहित सात जनाको मृत्यु भएको थियो ।

श्रोत: इन्डिया टिभी

Leave a Reply