नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप द्वारा अन्तराष्ट्रिय महिला दिवास र महाशिवरात्रीको आवसरमा आज गौशालामा अवस्थित पशुपतिनाथ मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
उक्त सरसफाई कार्यक्रममा संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यू, महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, वरिष्ठ सल्लाहकार श्रीमती अनिता गरुङज्यू, सल्लाकार श्रीमती रश्मी पोखरेलज्यू, सल्लाहकार श्रीमती सरला बस्नेत भट्टराईज्यू, प्रशासन सह-सचिव श्रीमती अनिता ढकाल अधिकारीज्यू, श्रीमती प्रेक्ष्यमा गोंगलज्यू, सदस्य श्रीमती संगिता लम्सालज्यू, श्रीमती अनिता ढकाल पौडेलज्यू, श्रीमती राधा खतिवडा पोखरेलज्यू र श्रीमती अरिना राईज्यू लगायत प्रहरी अधिकृत तथा जवानहरुको सामूहिक सहभागिता रहेको थियो ।
यस्तै भगवान श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्रको सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्र कायम राख्ने उदेश्यले ध्यानमा राखी फागुन २३ गते देखि २७ गतेसम्मको लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार भण्डारण र सेवन समेत गर्न नपाउने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जनाएका छन् ।