बङ्गलादेशको राजधानी ढाकामा बिहीबार राति ठूलो दुर्घटना भएको छ । सात तले भवनमा ठूलो आगलागी भएको छ । आगलागीमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
बङ्गलादेशका स्वास्थ्यमन्त्री सामन्त लाल सेनले ढाका मेडिकल कलेज अस्पताल र नजिकैको बर्न अस्पताल भ्रमण गरेपछि आगलागीमा अहिलेसम्म ४३ जनाको मृत्यु भएको बताएका छन् ।
स्वास्थ्यमन्त्रीका अनुसार करिब ४० जना घाइतेलाई सहरको मुख्य अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । मृत्युको सङ्ख्या बढ्न सक्ने सम्भावना छ ।
ढाकाको बेली रोडमा रहेको एउटा लोकप्रिय बिरयानी रेस्टुरेन्टमा आगलागी भएको छ । भवनभित्र मानिसहरू फसेका थिए । घटनाको जानकारी पाएपछि आगो नियन्त्रकहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा लिएको छन् ।