बिहारको कैमुर जिल्लामा मोहनिया पुलिस थाना क्षेत्रको देवकली नजिकै अगाडिबाट द्रुत गतिमा आएको स्कर्पियोले ट्रकमा ठोक्किँदा दुई महिलासहित आठ जनाको मृत्यु भएको छ । प्रहरीले सबै शवलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको छ ।
प्रहरी अधीक्षक सेन्थिल कुमार, डिएसपी पलपान्डी र टाउन स्टेसन इन्स्पेक्टर शिवकुमारले घटनास्थलको भ्रमण गरी सोधपुछ गरेका छन् । मृतक बक्सर जिल्लाको इटाधी पुलिस थाना क्षेत्र अन्तर्गत देवरिया गाउँका छोटु पाण्डेका रूपमा पहिचान भएको छ उनि एउटा गायक पनि थिए ।
स्कर्पियो देवकली नजिकै ट्रकमा ठोक्किँदा बाइक सवारसहित कुल नौ जनाको मृत्यु भएको छ । मृतकमा कानपुरका सिम्रान श्रीवास्तव र सत्यप्रकाश मिश्र, बनारसकी अञ्चल तिवारी, बक्सर जिल्लाको गमरियाका कार मालिक सत्यप्रकाश राई र बक्सरका छोटु पाण्डे रहेका छन् । परिवारलाई जानकारी गराइएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई हस्तान्तरण गरिनेछ ।