You are currently viewing विन्दवासिनीमा गाँजा सहित एकजना पक्राउ

विन्दवासिनीमा गाँजा सहित एकजना पक्राउ

नेभा, पर्सा, १३ फागुन,

वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ तिलावे पुल स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय, पर्सा मातहत अस्थायी प्रहरी चौकी विन्दवासिनीबाट खटिएको चेकिङ टोलीले एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा कानूनी रीतपुर्‍याई साईकलमा सवार जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुर बस्ने ५५ वर्षको मोखु राउत कुर्मीको शरीर खानतलासी गर्दा निजले आफ्नै शरीरमा लुकाई छिपाई राखेको लागूऔषध गाँजा १ किलो १०० ग्राम फेला परेको थियो ।

उल्लेखित लागूऔषध गाँजा सहित नियन्त्रणमा लिई निज विरुद्द लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply