You are currently viewing बीरगंजमा चुकुन्दर लोड रहेको पिकअप प्रहरीको नियन्त्रणमा

बीरगंजमा चुकुन्दर लोड रहेको पिकअप प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, १३ फागुन,

बिल बिजक भन्दा बढी चुकुन्दर बोकेको माल बाहक पिकअप वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।

सूचनाको आधारमा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोक स्थित सडकखण्डमा प्रदेश ३-०१-०२४ च ३५८९ नम्बरको मालवाहक पिकअपलाई रोकी जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको तथा सो बिल बिजक संकास्पद देखिएको हुँदा नियन्त्रणमा लिइएको छ ।

उक्त नम्बरको पिकअप भित्र अन्दाजी रू. ३४ हजार ८ सय बराबरको चुकुन्दर थियो । नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् ।

Leave a Reply