You are currently viewing पाइन्ट, गन्जी र भित्री वस्त्र समेतमा सुनको लेपन, एक भारतीय नागरिक पक्राउ

पाइन्ट, गन्जी र भित्री वस्त्र समेतमा सुनको लेपन, एक भारतीय नागरिक पक्राउ

नेभा, काठमाडौं, ११ फागुन,

फागुन १० गते सुराकीले दिएको विशेष सुराकीको आधारमा IndiGo एयरलाईन्सको उडानद्वारा दुबईबाट मुम्बई हुँदै काठमाण्डौ आगमन भएका फ्लाईटबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्ने ३५ वर्षको MOHAMMAD ZEESHAN भन्ने व्यक्ति हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट नियन्त्रणमा लिईएको छ ।

चेकजाँच गर्दा निजले लगाई आएको निलो रंगको जिन्स पाईन्ट, कालो रंगको गन्जी र खरानी रंगको भित्री वस्‍त्र (Underwear) मा सुन जस्तो देखिने पंहेलो रंगको लेपन (Paste) गरिएको एवं उक्त कपडाहरुको तौल गर्दा अन्दाजी २२१० ग्राम तौल थियो ।

निजलाई उक्त लुगाहरु सहित नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply