You are currently viewing व्यक्तिले नाकमा ६८ वटा सलाईको काठि हालेर बने विश्व कीर्तिमान

व्यक्तिले नाकमा ६८ वटा सलाईको काठि हालेर बने विश्व कीर्तिमान

नेभा, १० फागुन,

आजको समयमा मानिसहरू प्रसिद्ध हुन कुनै पनि हदसम्म जान तयार छन् । मानिसहरूले सोच्दैन कि उनीहरुको कार्यले जीवनलाई पनि खतरामा पार्न सक्छ । हालै डेनमार्कका एकजना व्यक्तिले पनि यस्तै गरेका छन् । उनीमाथि नाम कमाउने यस्तो क्रेज थियो कि उनले एउटा अनौठो विश्व कीर्तिमान बनाए ।

उनले आफ्नो नाकमा ६८ वटा सलाईको काठि नाकमा भरिदिए, र यो रेकर्ड आफ्नो नाममा बनाएका छन् ।

गिनिज वर्ल्ड रेकर्डका अनुसार डेनमार्कमा बस्ने ३९ वर्षीय पिटर भोन ट्याङ्गेन बुस्कोभले नाकमा सबैभन्दा बढी सलाईको काठ नाकमा लगाउने रेकर्ड बनाएका छन् । पिटर यो रेकर्ड बनाउने पहिलो व्यक्ति बनेका छन् ।

यो रेकर्ड तोड्नका लागि नाकमा कम्तीमा ४५ वटा सलाईको काठ हाल्नुपर्ने थियो । उनले त्यसभन्दा बढी हालेर नया रेकर्ड बनाएका छन् ।

Leave a Reply