You are currently viewing बसपार्कमा यात्रुहरुलाई जबर्जस्ती गाडीमा चढाउन खोज्ने ४ जना पक्राउ

बसपार्कमा यात्रुहरुलाई जबर्जस्ती गाडीमा चढाउन खोज्ने ४ जना पक्राउ

नेभा, कास्की, १ फाल्गुन,

जिल्ला, कास्की पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोक बसपार्क स्थित सार्वजनिक सवारी साधनमा चढ्ने बेला सर्वसाधरण यात्रुहरुलाई जबरजस्ती आफ्नो सवारी साधनमा चढाउने व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ ।

निजहरुको ईच्छा विपरीत जबरजस्ती गरी झोला समेत खोसाखोस गरी सार्बसाधरण मानिसहरुलाई दु:ख हैरानी समेत दिई अभद्र व्यवहार गर्ने जिल्ला, कास्की पोखरा महानगरपालिका वडा नम्बर ९ बसपार्क बस्ने २६ वर्षका सागर क्षेत्री, जिल्ला, सोहि ठाउँको महानगरपालिका वडा नम्बर ३२ बस्ने २४ वर्षका राजन खत्री, सोहि ठाउँको महानगरपालिका वडा नम्बर १४ खाल्टेमशिना बस्ने १९ वर्षको सुनिल मल्ल र सोहि ठाउँको महानगरपालिका वडा नम्बर १५ बस्ने १९ वर्षका अमृत सुनारलाई पक्राउ गरिएको छ ।

निजहरुलाई वडा प्रहरी कार्यालय, बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

Leave a Reply