ईलाका प्रहरी कार्यालयको बेल्टार, उदयपुरबाट खटिएको प्रहरी टोलीले जारी मुद्दामा १/१ महिना कैद र जनही रु. १ हजार जरिबाना भएका दुईजना प्रतिवादीहरु फरार रहेका थिए ।
जिल्ला, उदयपुर चौदण्डीगढी नगरपालिका १० बस्ने ३९ वर्षको देब कुमार खत्री र सोहि ठाउँको ४२ वर्षकी गिता खत्रीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला, अदालत पठाइएको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।