२०५७ साल माघ ११ गते राती जिल्ला धनुषा साविक सिंग्याहीमडान गाउँ विकास समिति वडा नम्बर ७ हाल परिवर्तित जिल्ला, धनुषा कमला नगरपालिका वडा नम्बर ६ सखुवामडान स्थितमा सोहि ठाउँमा बस्ने प्रतिवादी ५४ वर्षको मोहन साह कानुलाई पक्राउ गरिएको छ ।
निजले बुधनी देवीको खानामा विषादी हाली उक्त खाना बुधनी देवीलाई खुवाउँदा बुधनी देवीको मृत्यु भएको थियो । मृतक बुधनी देवीको लासको बारेमा कोही कसैलाई जानकारी नगराई बेपता पारी लास दबाई वारदात पश्चात भागी फरार रहेका थिए ।
निज प्रतिवादी मोहन साह कानुलाई अनुसन्धानको सिलसिलामा खोज तलास गर्दै जाने क्रममा बिशेष सुचनाको आधारमा माघ १५ गते जिल्ला, धनुषा कमला नगरपालिका वडा नम्बर ६ सखुवा बजारमा प्रहरी चौकी सिंग्याहीमडान धनुषाबाट प्रहरी सहायक निरीक्षक दशरथ प्रसाद यादवको कमाण्डमा खटीएको प्रहरी टोलीले पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय धनुषा, जनकपुरले जनाएको छ ।
निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय, खजुरी धनुषामा दाखिला गरेकोमा निज उपर कर्तव्य ज्यान मुद्दा शिर्षकमा थप अनुसन्धान कार्य भइरहेको छ ।