You are currently viewing बहु बिवाहको आरोपमा दम्पती पक्राउ

बहु बिवाहको आरोपमा दम्पती पक्राउ

नेभा, गोरखा, १२ माघ,

पौष १० गते जिल्ला गोरखा, गोरखा नगरपालिका वडा नम्बर ८ रानीवन स्थितमा सोहि ठाउँमा बस्ने ४६ वर्षको ओम बहादुर खत्रीले र सोहि ठाउँमा बस्ने ३८ वर्षकी सोविता भट्टलाई दोश्रो श्रीमतीको रुपमा बिवाह गरेको थिए ।

बहु बिवाह गरेको भनि सोहि ठाउँमा बस्ने ४५ वर्षकी सिर्जना खत्रीको जाहेरी दरखास्त प्राप्त हुँदा निजहरु ओम बहादुर खत्री र सोविता भट्टलाई १० गते पक्राउ गरीएको कुरा जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।

निजहरु विरुद्ध बहु बिवाह कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

Leave a Reply