लागू औषध सहित एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोशन श्रेष्ठ भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी चौकी चुहाडे उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा नम्बर ८ चुहाडेमा जिल्ला धनकुटा नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षको रोशन श्रेष्ठको साथबाट फेनारगन १७ एम्पुल, ब्रुपिनोफिन १७ एम्पुल, प्रोमेथाईजिन १७ एम्पुल गरी जम्मा ५१ एम्पुल लागू औषध सहित फेला पर्दा पक्राउ गरिएको हो ।
यस सम्बन्धमा उदयपुर जिल्ला, अदालतबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।