You are currently viewing तालिबानले महिलालाई जिम जान प्रतिबन्ध लगाउने अर्को आदेश जारी गरेको छ

तालिबानले महिलालाई जिम जान प्रतिबन्ध लगाउने अर्को आदेश जारी गरेको छ

नेभा, २५ कार्तिक,

अफगानिस्तानमा तालिबान शासनको पुनरागमन भएदेखि नै महिला र बालिकाको अधिकार खुट्टाले कुल्चीमिचिएको छ । जसका कारण उनीहरु शिक्षा, जागिरदेखि जनतासम्मको अधिकारबाट वञ्चित भइरहेका छन् । तालिवानले अब अर्को नयाँ आदेश जारी गरेको छ । जसअन्तर्गत महिलाहरु जिम जान पाउँदैनन् । अफगानिस्तानमा महिलालाई जिम जान प्रतिबन्ध लगाइएको छ । एक अधिकारीले बिहीबार यो जानकारी दिए ।

तालिबानले एक वर्षभन्दा बढी समयअघि सत्तामा आएपछि महिला अधिकार र स्वतन्त्रतामाथि क्र्याक गर्ने यो पछिल्लो आदेश हो । तालिबान गत वर्ष अगस्ट २०२१ मा सत्तामा आएको थियो । यसले देशमा केटीहरूलाई माध्यमिक र उच्च विद्यालयमा जान प्रतिबन्ध लगाएको छ, महिलाहरूलाई रोजगारीका अधिकांश क्षेत्रमा प्रतिबन्ध लगाएको छ र सार्वजनिक स्थानहरूमा महिलाहरूलाई टाउकोदेखि खुट्टासम्म बुर्कामा ढाक्न आदेश दिएको छ ।

धार्मिक मामिला मन्त्रालयका प्रवक्ताले मानिसहरूले आदेशलाई बेवास्ता गरेको र महिलाहरूले हिजाब लगाउने नियमहरू पालना नगरेकाले प्रतिबन्ध लगाइएको बताए । निकुञ्जमा महिलालाई पनि प्रवेश निषेध गरिएको छ । महिलालाई जिम र पार्कमा जान प्रतिबन्ध यसै सातादेखि लागू भएको छ ।

Leave a Reply