बोक्सी आरोपमा हत्या गरी फरार भएको अभियुक्तलाई प्रहरीले पन्ध्र वर्षपछी नियन्त्रणमा लिएको छ ।
२०६५ साल असोज २९ गते जिल्ला काभ्रे शिखर आम्बोटे गाउँ विकास समिति वडा नम्बर १ साबिक रोशि गाउँपालिका वडा नम्बर ३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज नाता पर्ने टंक बहादुर मगर र सन्त बहादुर मगरले बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार रहेका थिए ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलिले पौष २४ गते पक्राउ गरि पौष २५ गते सन्त बहादुर मगरलाई आवश्यक कारवाहीको लागी जिल्ला, अदालत काठमाण्डौमा बुझाईएको कुरा प्रहरी उपरीक्षक मिलन के. सी. ले जनाएका छन् ।
टंक बहादुर मगरको स्वास्थ्यमा समस्या आएको कारणले उपचार पश्चात आज आवश्यक कानूनी कारवाहीको लागि जिल्ला, अदालत काठमाण्डौमा बुझाईएको छ ।