You are currently viewing भरुवा बन्दुक बनाउने सामानहरु सहित राई पक्राउ

भरुवा बन्दुक बनाउने सामानहरु सहित राई पक्राउ

नेभा, उदयपुर, २६ पौष,

इलाका प्रहरी कार्यालय, बेल्टारवाट खटिएको प्रहरी टोलिले पौष २४ जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर १ कटरवोटे स्थितबाट एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

मोटरसाईकलमा लुकाई ल्याईरहेको अवस्थामा भरुवा बन्दुक बनाउन प्रयोग हुने २ फिट ९ ईन्च लम्बाई भएको दवास १ थान, ३ फिट १ ईन्च लम्बाई भएको फलामको नाल १ थान, वेरिङ १७ थान, भरुवा वन्दुकमा प्रयोग गर्ने बारुद सहितको सेतो वट्टा १ थान, उक्त बस्तुमा मा प्रयोग हुने फलामको गोली थान ४, सेतो वटा भित्र भरुवा वन्दुकमा प्रयोग हुने रातो रङको केप १ थान तथा भरुवा वन्दुकमा प्रयोग हुने गोली बरामद भएको छ ।

उक्त सामानहरु सहित जिल्ला, भोजपुर आपचौक गाउँपालिका वडा नम्बर १० को २० वर्षको समिर राईलाई पक्राउ गरी उदयपुर जिल्ला अदालतबाट दिन १० म्याद थप भई अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply