You are currently viewing १० किलो गाँजा सहित एक महिला पक्राउ

१० किलो गाँजा सहित एक महिला पक्राउ

नेभा, मकवानपुर, २५ पौष,

पौष २३ गते वडा प्रहरी कार्यालय, हेटौडाबाट खटिएको प्रहरी टोलीले जिल्ला, मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौर स्थितबाट एकजना महिलालाई गाँजा सहित पक्राउ गरेको छ ।

बासुदेव मार्गमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा बागमती प्रदेश ०३-००५ प ६२३० नम्बरको स्कुटर चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ को ४४ वर्षकी सरिता अर्याललाई नियन्त्रणमा लिइएको छ ।

निजलाई रित पुर्वक खानतलासी पुर्जी दिई शरीर तथा स्कुटर समेतको खानतलासी गर्दा उक्त स्कुटरको खुट्टा राख्ने बिचको भागमा झोला भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा लागूऔषध गाँजा १० किलो ८०० ग्राम भएको कुरा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

उक्त गाँजा र स्कुटर सहित निज सरितालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला, अदालतबाट दिन १४ को म्याद अनुमती लिई थप अनुसन्धान कार्य जारी रहेको छ ।

Leave a Reply