You are currently viewing जबरजस्ती करणी गरी फरार रहेका लिम्बु पक्राउ

जबरजस्ती करणी गरी फरार रहेका लिम्बु पक्राउ

नेभा, संखुवासभा, २३ जेठ,

संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका वडा नम्बर ६ कोक्तासिं बस्ने वर्ष ५३ को ज्वाने भन्ने धन बहादुर लिम्बुले परिवर्तित नाम संखुवासभा-(ञ) लाई जेठ १४ गते जबरजस्ती करणी गरेर फरार भएका थिए ।

उजुरीको आधारमा निज प्रतिवादीलाई खोजतलास गर्दा प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट खटिएको प्रहरी टोलिले जेठ २० गते संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका वडा नम्बर ६ कोक्तासिं स्थित निजकै घरमा फेला पारी नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

Leave a Reply