You are currently viewing चट्याङ लागी ७२ वटा भेडाको मृत्यु, १४ लाख बराबरको क्षति

चट्याङ लागी ७२ वटा भेडाको मृत्यु, १४ लाख बराबरको क्षति

नेभा, संखुवासभा, ७ जेठ,

जेठ ५ गते संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका वडा नम्बर ५ पेरुम्बामा बर्षासंगै परेको चट्याङले सोहि गाँउपालिका फाकुवा बस्ने सोम बहादुर लिम्बुको भेडिगोठमा रहेको ७२ वटा भेडाको मृत्यु भएको छ ।

घटनाको जानकारी प्राप्त हुँदा प्रहरी चौकी बाह्रबिसे, संखुवासभाबाट प्रहरी नायब निरिक्षक हरी कुमार भण्डारीको नेतृत्वमा प्रहरी टोलि तथा सभापोखरी गाँउपालिकाबाट पशु प्राविधिक सहितको टोली खटिगई स्थलगत जाँचबुझ तथा घटनास्थल मुचुल्का समेतको कार्य सम्पन्न गरेको छ ।

घटना स्थल प्रहरी चौकी बाह्रबिसे, संखुवासभाबाट अनुमानित ७ घण्टाको पैदल दुरीमा रहेको छ । घटनाबाट अनुमानित १४ लाख बराबरको क्षति भएको कुरा जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

Leave a Reply