You are currently viewing क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

नेभा, काठमाडौं, २५ पौष,

क्रिकेटर सन्दिप लामिछानेलाई काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएको छ । सन्दिपलाई जेल सजाय र ५ लाख जरिवाना गर्ने अदालतले फैसला गरेको हो ।

पीडितलाई परेको मानसिक असर समेतलाई ध्यानमा राख्दै निज लामिछानेलाई मुलुकी अपराध २०७४ को दफा २१९ (३) बमाजिम ८ वर्षको कैद सजाय तोकिएको छ ।

सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको कुरा जिल्ला अदालतको ठहर छ । पौष १३ गते नै अदालतले सन्दीपलाई करणीमा दोषी ठहर गरेको थियो ।

Leave a Reply