You are currently viewing भारतको प्रहरी परीक्षाको एक प्रवेश पत्रमा सनी लियोनीको तस्विर

भारतको प्रहरी परीक्षाको एक प्रवेश पत्रमा सनी लियोनीको तस्विर

नेभा, इन्डिया, ६ फागुन,

सनी लियोनी चर्चित हुनुको कारण इन्टरनेटमा भाइरल भइरहेको परीक्षाको प्रवेश पत्र हो । प्रवेश पत्रमा अभिनेत्रीको फोटो टाँसेको हेर्न सकिन्छ ।

त्यो प्रवेश पत्र हेरेपछि सबै ठाउँमा यस्तो चर्चा भइरहेको छ कि सन्नी लियोनी अभिनय छोडेर अब युपी पुलिसमा जानेछिन् ? जान्नुहोस् यो समाचार पछाडिको सत्यता के हो ।

उत्तर प्रदेश पुलिस भर्ती परीक्षाका लागि ४८ लाख भन्दा बढी उम्मेदवारहरू उपस्थित भइरहेका छन् । तीमध्ये एकजना अभिनेत्री सन्नी लियोनी हुन् । वास्तवमा, हालसालै यस्तो प्रवेश पत्र बाहिर आएको छ, जुन भारतमा चर्चाको विषय बनेको छ । बलिउड अभिनेत्री सन्नी लियोनीको नाममा प्रवेश पत्र जारी गरिएको छ ।

उत्तर प्रदेश पुलिस विभागले प्रवेश पत्र जारी गरेको छ । जसमा उनको नाम लेखिएको छ । पत्राचारका लागि ठेगाना मुम्बई र अर्को ठेगाना कासगञ्ज छ । परीक्षा केन्द्र सोन श्री स्मारक बालिका महाविद्यालय मन्डी बजार तिर्वा कन्नौज छ ।

उत्तर प्रदेश भर्ती र पदोन्नति बोर्ड (यूपीआरबीपीबी) ले यस विषयमा लखनऊ पुलिसलाई सूचित गरेको छ । यस विषयमा अनुसन्धान गरिनेछ र सन्नी लियोनीको नाममा आवेदन दिने व्यक्तिलाई उसले किन यस्तो काम गऱ्यो भनेर पत्ता लगाउने छ ।

श्रोत: इन्डिया टिभी

Leave a Reply