You are currently viewing ४२ किलो गाँजाको धुलो सहित २ जना पर्सा प्रहरीको फन्दामा

४२ किलो गाँजाको धुलो सहित २ जना पर्सा प्रहरीको फन्दामा

नेभा, पर्सा, २२ पुष,

जिल्ला पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवन चोक स्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्डबाट गाँजाको धुलो सहित दुइजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत ईलाका प्रहरी कार्यालय, पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा गण्डकबाट देवरीया तर्फ जादै गरेको बा.प्र.०३-००१ च.१५४० नम्बरको पिकअपलाई रोकी चेकजाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखिएको लागूऔषध गाँजाको धुलो प्लाष्टिकमा टेपले बेरीएको ४२ पोका अन्दाजी ४२ किलो फेला परेको थियो ।

लागूऔषध गाँजा फेला परेको हुँदा पिकअप चालक जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर ९ स्यारसे बस्ने ३४ वर्षको सुमन ब्लोन र जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बस्ने ४० वर्षको बिनोद रामलाई नियन्त्रणमा लिइएको छ ।

निजहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, पोखरिया पर्सामा ल्याई निजहरू विरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा प्रवक्ता तथा सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

Leave a Reply