जिल्ला कैलाली चुरे गाउँपालिका वडा नम्बर ५ खानिडाडा स्थितबाट प्रहरीले तीनजना व्यक्तिलाई पक्राउ गरेको छ ।
झालपोखरी भन्ने ठाउँमा बस्ने ५० वर्षको गोरे जागरीको होटलमा गोप्य सूचनाको आधारमा जिल्ला कैलाली चुरे गाउँपालिका वडा नम्बर ५ स्थित गोरे जागरी होटलको कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ४ किलोग्राम लागूऔषध चरेश, तराजु १ थान, एक किलोको बाड १ थान र आधा किलोको बाड १ थान फेला परेको थियो ।
उक्त लागूऔषध र सामान सहित जिल्ला बझाङ बुङगल नगरपालिका वडा नम्बर १ बस्ने रघुबिर धामीको छोरा ३८ वर्षको कर्ण बहादुर धामी र सोहि ठाउँको वडा नम्बर २ बस्ने नर बहादुर धामीको छोरा ३३ वर्षको अमर धामी र होटल शाहु गोरे जागरी सहित ३ जनालाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
उक्त व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।