बेरोजगार युवाहरुलाई रसियामा रहेको होटलमा आकर्षक तलब हुन्छ लागत रु. ६ लाख रुपैयाँ लाग्छ भनी प्रलोभन देखाएकोमा शंकर कार्की, राजन राई र बिकास राईलाई अलास्का ट्राभल्स संचालक बताउने अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेर बहादुर राईले प्रतिव्यक्ति रु. ६ लाख रुपैयाँ लिई रसिया पाठाएकोमा रसिया पुगे पश्चात शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिलाई ८०० डलर थप दिए पश्चात अब तपाईहरु आर्मीको लागि हो तालिम गर्नुपर्छ भनिएको थियो ।
आफु आर्मीको लागि नआएको बताउदा दलालले होटलमा कुनै काम छैन तपाईलाई आर्मीको लागी बोलाएको हो भने पछि शंकर कार्कीले रसिया आर्मींमा काम नगर्ने भनि फर्की आई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएको थिए ।
निवेदन निजबाट बुझ्दा निजले SLC मात्र पास गरेको, सबै नक्कली कागजात समेत ट्राभल्सवालाले नै बनाई दिइएकोले आवश्यक कारवाही गरी पाउ भनी निजसँग भएको प्रमाण सहित यस कार्यालयमा जाहेरी दिएको थियो ।
रसिया पठाई मानब तस्करी कार्यमा संलग्न अलस्का ट्राभल्स संचालन गरेका अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेर बहादुर राईलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति पुष १९ गते काठमाडौं जिल्लाको महानगरपालिका माईतिघर र जिल्ला काठमाडौं थापा गाउँबाट पक्राउ गरिएको छ ।
उक्त व्यक्तिहरुलाई पक्राउ गरि मानव तस्करी गरी ठगी गरेको अपराध कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ ।
साथै निजसंगै साथमै गएका राजन राई र बिकास राईलाई रसिया आर्मीमा भर्ना गरिएको बुझिन आएको भन्ने बारेमा यसरी नक्कली कागजातको आधारमा सेटिङ मिलाई बेरोजगार युवाको तस्करी गरी झुट्टा प्रलोभनमा पारी ठगि गर्ने कार्यमा संलग्नहरुको बारेमा थप अनुसन्धान भईरहेको कुरा प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।