जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ गौरीघाट बस्ने होमनाथ गिरीको छोरा १८ बर्षको अन्जेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिजय खत्री समेत २ जनालाई वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाईदिन्छु र त्यसको लागि प्रतिव्यक्तिसँग रु. ८ लाख ५० हजार लाग्छ, साउथ अफ्रिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, जहाँ मासिक रु. १ लाख २० हजार तलव हुन्छ भनेर विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा रु. १७ लाख रकम लिएर सम्पर्क विहीन भएकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निजलाई पक्राउ गरेको छ ।
मंसिर २२ गते जिल्ला काठमाण्डौ को महानगरपालिका वडा नम्बर ९ सिनामंगलबाट अन्जेश गिरीलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको कुरा प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।