रौतहट जिल्लामा केहि अपराधिक मनोस्थितिका ब्यक्तिहरुले फोनमा धम्की दिई रकम माग गर्ने गरेको सूचनाको आधारमा प्रहरी कारवाही अगाडी बढाई फोन धम्की तथा रकम असुलि सम्बन्धि घटना रोक्ने क्रममा श्रीभगवान साहलाई पक्राउ गरेको छ ।
जिल्ला, रौतहट फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ८ को भैयाराम साहको छोरा अन्दाजी ३४ वर्षको श्रीभगवान साहले पुस १९ गते मोबाइल नम्बर ९८०१५७७५१० बाट एक जना ब्यापारीलाई (नाम गोप्य राखिएको) पटक पटक फोन मार्फत निज ब्यापारी र वहाँको छोराछोरीलाई ज्यान मार्ने धम्की दिई रु. ५ लाख देखि रु. ५० लाख सम्म रकम माग गरेको थियो ।
अनुसन्धानका विभिन्न प्रविधिहरु प्रयोग गर्दै प्रहरी कारवाही अगाडी बढाईएकोमा घटनामा प्रयोग भएका मोबाईल नम्बर ९८०१५७७५१० को प्रयोगकर्ता श्रीभगवान साह रहेको अनुसन्धानबाट देखिएको हुँदा निजलाई पक्राउ गरीएको छ ।
आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुर अन्तर्गत आवश्यक अनुसन्धान एंव कारवाही अगाडी बढाई यसमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।